स्कुटरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडाैं | असोज २५, २०८०
फाइल तस्बिर
काठमाडौं: भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो ।
दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

